कुवेतमा ११ जना नेपाली कोरोना संक्रमित

डिसी नेपाल
३० चैत २०७६ १५:५०

कुवेत । कुवेतमा आइतबार थप २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको छ । यसअघि शुक्रबार एकैदिन ५ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।

कुवेतको स्वास्थ्यले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार २ नेपालीसहित ८० जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १२ सय ३४ पुगेको छ ।

तीमध्ये १ जनाको ज्यान गएको छ, भने १ सय ४४ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २९ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *