बेलायतमा कोरोनाबाट नेपाली महिलाको निधन, ज्यान गुमाउने नेपालीको संख्या ९ पुग्यो

डिसी नेपाल
३० चैत २०७६ १८:४०

काठमाडौँ । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ९ पुगेको छ ।

कास्की घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले डिसी नेपाललाई जानकारी दिए । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।

ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो । चेकजाँचको क्रममा उनलाई कोरोनाको संक्रमण भएको अस्पातलले पुष्टि गरेको थियो ।

स्वर्गीय घलेका श्रीमान, छोरासँग लन्डनमा १० बर्षदेखि बस्दै आएकाे सिम्खडाले बताए । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा हालसम्म १ सय जना भन्दा बढि नेपाली कोरोनाबाट संक्रमित भैसकेका छन् ।




प्रतिक्रिया

One thought on “बेलायतमा कोरोनाबाट नेपाली महिलाको निधन, ज्यान गुमाउने नेपालीको संख्या ९ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *