नयाँवर्षको दिन विहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीको आव्हान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकोविरुद्ध लडिरहेका चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आव्हान गरेका छन् । सामाजिक सञ्जाल ट्विरमा आइतबार संदेश जारी गर्दै उनले यस्तो आव्हान गरेका हुन् ।
कम्प्याक्टको अभियान अनुसार सोमबार बैशाख १ गते विहान ८ बजे हरेकले आ–आफ्नो घरको छत तथा झ्यालबाट राष्ट्रिय गानको धुन बजाउनु पर्ने छ । धुन सकिए पछि तालिबजाएर सम्मान गर्नु पर्ने छ ।
“Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।” pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
प्रधानमन्त्री ओलीले संयुक्ता राष्ट्र संघले अघि सारेको अभियान राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका हुन् । उलने भने ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले समर्थन गरेका हुन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि(आइतबार) नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ।
नेपाली पात्रो अनुसार भोलिदेखि नयाँ वर्ष २०७७ पनि सुरुवात हुँदै छ । नयाँ वर्षको अवसर तथा कोरोनाले आक्रान्त बनेको बेला ग्लोबल कम्प्याक्ट नेपालले यस्तो अभियान थालेको हो ।







डिसी नेपाल








भ्रस्टाचारीको अनुहार नहेर्ने कसम खाएका प्रधानमन्त्रिले गोकुल बास्कोटा, भानुभक्त ढकाल र ईश्वर पोखरेललाई कारबाहि गर्ने प्रण गर्नु भएकोले गर्दा हो राष्ट्रिय गान गाऊने ?? कि रास्ट्रपति र प्रधानमन्त्रि को सन्मानको लागि हो यो उर्दी ??? कोरोना बिरुद्ध लड्नेहरु र लड्न सहयोग गर्नेहरुको त तलब काटेर पहिले नै सन्मान गरीसक्यो त ओली सरकार ले ।