टिपरको ठक्करबाट मृत्यु

डिसी नेपाल
१८ वैशाख २०८३ २१:११

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन्। उहाँलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ।

घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ। अवस्था मध्यम रहेको छ। टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *