नयाँ वर्षका दिन बिहानै गुञ्जियो राष्ट्रिय गान

डिसी नेपाल
१ वैशाख २०७७ ८:५०

काठमाडौँ । नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गुञ्जिएको छ ।

‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानसँगै काठमाडाैँ लगाएतका शहरमा राष्ट्रिय गान गुञ्जिएको हाे ।

ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएकाे सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरेका थिए।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *