आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई यूएईले कारवाही गर्ने

डिसी नेपाल
१ वैशाख २०७७ ९:५३

काठमाडौं। कोरोनाभाइरसको महामारीका बीचमा आफ्नो देश फर्कन चाहने नागरिकलाई फर्काउन चासो नदिने देशहरुलाई यूएईले कारवाही गर्ने भएको छ । अहिले यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । यसरी आफ्ना देशका नागरिकले स्वदेश फर्काउन आग्रह गरिरहँदा जुन–जुन देशका सरकारले फर्काउन चासो दिएका छैनन्, ती देशहरु यूएईको कारवाहीको दायराभित्र पर्नेछन् ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने भनेको छ । मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्नेछ । यसमा श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने खलीज टाइम्सले लेखेको छ । यद्यपि कुन हदसम्मको अवस्थामा श्रम सम्झौता नै रद्द हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालयले यीबाहेक अन्य विभिन्न विकल्पहरुको बारेमा पनि अध्ययन गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *