तेल उत्पादनमा महत्वपूर्ण सम्झौता, पुटिन कसरी भए सहमत?

डिसी नेपाल
१ वैशाख २०७७ १०:२४

बीबीसी। तेल उत्पादक देशहरुको संगठन आपेक (अर्गनाइजेशन अफ द पेट्रोलियम एक्पोर्टिङ कन्ट्रीज) र सहयोगीको तेल उत्पदानमा कटौतीलाई लिएर विषयमा सम्झौता भएको छ।

यो सम्झौतापछि कोरोना भाइरस संक्रमणबाट अन्तर्राष्ट्रिय बजारमा तेलमा मागमा आएको कमीका कारण मूल्यलाई स्थिर राख्नका लागि उत्पादनमा दश प्रतिशत कटौती गर्ने सहमति भएको बीबीसीले जनाएको छ।

आइतरबार यो सम्झौतामा एक भिडियो कन्फ्रेन्समार्फत सहमति भएको हो। सम्झौताको मुख्य उद्देश्य तेलको मूल्य स्थिर राख्नका लागि उत्पादनका ठूलो कटौती गर्नु थियो।

ओपेक प्लस तेल उत्पादकबीच ९ अप्रिलमा कटौतीको विषयलाई लिएर सम्झौता हुने तय भएको थियो। तर मेक्सिकोले उत्पादन कटौतीको विरोध गर्दै आएको थियो, यही कारण ओपेकले कटौतीको घोषणा गर्न सकेको थिएन।

अहिलेसम्म ओपेक र सहयोगी तेल उत्पादक देश प्रत्येक दिन ९०.७ लाख ब्यारल तेल कटौती गर्ने सहमति भएको पुष्टि भएको छ।

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प र कवेतका उर्जामन्त्री डा. खालिद अली मोहम्मद अल–फादेलले ट्वीट गर्दै यसको जानकारी दिएका हुन्। साउदी अरबको उर्जा मन्त्रालय र रुसीको सरकारी न्यूज एजेन्सी तासले पनि यसको पुष्टि गरेका छन्।

डा. अल–फादेलले ट्वीट गर्दै भनेका छन्, ‘अल्लाहका कृपा, राम्रो मार्गदर्शनm लगातार कोशिश र छलफलबाट हामी यसको घोषणा गर्दैछौं कि ऐतिहासिक रुपबाट प्रत्येक दिन एक करोड ब्यारल कटौतीको सम्झौता भएको छ। यो सम्झौता आगामी मे एकबाट लागू हुन्छ।’

विश्वभरमा कोरोनाभाइरस संक्रमणका कारण तीन अरब जनसंख्या घरभित्र बन्द छ, यही कारण तेलको मागमा एक तिहाइ कमी आएको छ। ओपेक प्लस यो उत्पादन कटौती गर्ने विषयमा तयार थिएन।

त्यही कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य विगत १८ वर्षपछि सबैभन्दा सस्तो भएको थियो। सुरुमा साउदी अरब र रुसबीच मतभेदका कारण तेल कटौतीमा कुनै सम्झौता हुन पाएको थिएन। तर दुई अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी र रुसबीचको विवाद समाप्त भएको बताएपछि तेलको मूल्य बढेको थियो।

यो सम्झौता अनुसार एक मे देखि अपेक प्लस देशले तेल उत्पादनमा प्रत्येक दिन करिव एक करोड ब्यारल कतौती गर्नेछन्। योसँगै ओपेक प्लस समूहसँग अलग अमेरिका, क्यानडा, ब्राजील र नर्वेले ५० लाख ब्यारेल कटौती गर्नेछन्।

यही वर्ष जुलाईदेख डिसेम्बरबीच कटौतीलाई कम गर्दै प्रत्येक दिन ८० लाख ब्यारल बनाइनेछ। त्यसपछि जनवरी २०२१ देखि अप्रिल २०२२ सम्म ६० लाख ब्यारले गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *