काठमाडौंमा सहकारी पीडितको विरोध र्‍याली

दिपा पौड्याल
१४ जेठ २०८१ १४:०७

काठमाडाैं। सहकारी पीडितले काठमाडौंमा विरोध र्‍याली निकालेका छन्। आफूहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पीडितले सोमबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्।

सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पीडितले माइतीघरमा धर्ना दिँदै आएका छन्।

उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पिडितहरुले माइतिघरमा रिले अनशन समेत सुरु गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *