कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो

डिसी नेपाल
१ वैशाख २०७७ १६:१२

कुवेत । कुवेतमा सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १३ सय पुगेको छ ।

तीमध्ये २ जनाको ज्यान गएको छ, भने १ सय ५० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *