लकडाउन उल्लघंन गर्ने करिव ३ हजार प्रहरीकाे नियन्त्रणमा

डिसी नेपाल
१ वैशाख २०७७ १८:३१

काठमाडौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७५ महिला सहित २९ सय ९३ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार विहान ६ बजे देखि दिउसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय १४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाण्डौबाट सबैभन्दा बढि २३ सय ६३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ६ सय १० र भक्तपुरबाट २० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *