मलेसियामा लकडाउन उल्लघंन  गरेकाे आरोपमा २० जना नेपाली पक्राउ

डिसी नेपाल
१ वैशाख २०७७ २१:४४

क्वालालम्पुर । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा बिभिन्न समयमा गरि २० जना नेपाली  पक्राउ परेका छन ।

गत मार्च ३० तारिखमा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार चौधरी, पँकज कुमार राय लाई रुम बाहिर निस्नेको फेला पारेपछि पक्राउ गरेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन । साथिहरु पक्राउ परेको बारेमा कम्पनीलाई जानकारी गरायसकेको उनीहरुको भनाइ छ ।

त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्याय, राज कुमार तामाङ, कमाल चालिसे र अर्का थर नखुलेका दिलीपलगायत ६ जनालाई पक्राउ गरेको सोहि कम्पनीमा कार्यरत उनका सहकर्मी नेपालीहरुले जानकारी दिएका छन् ।

यस्तै अप्रिल १ तारिखमा मलेसियाको मलका मजिस्थानास्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सन्जिव साहानि लगायत ४ जनालाई पक्राउ गरेको उनका दाइले जानकारी दिए ।

मलेसिया सरकारले कोरोना रोकथामको लागि गत मार्च १८ आगामी अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गरेको छ । यो अवधिमा अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गरेमा मलेसियन प्रहिले पक्राउ गरि कारबाही प्रक्रिया बढाउन सक्नेछ । एमसिओ उल्लघंन गरेको ठरहेमा एक हजार रिङगेट जरिवाना देखि छ महिना जेल सजाय पनि हुन सक्ने व्यवस्था गरेको मलेसियन सरकारले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *