सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

डिसी नेपाल
१ वैशाख २०७७ २२:००

काठमाडौं । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा सोमबार सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमबार दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए। झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।

आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *