अमेरिकावासी नेपालीलाई कोरोनाबारे उपर्यूक्त जानकारी दिन ‘हेल्प डेस्क’ स्थापना – Dcnepal

अमेरिकावासी नेपालीलाई कोरोनाबारे उपर्यूक्त जानकारी दिन ‘हेल्प डेस्क’ स्थापना

वासिङ्टन डिसी, अमेरिका । अमेरिकामा रहेको ४० वर्ष पुरानो संस्था एसोशियन वफ नेप्लिज इन मिड्वेष्ट अमेरिका (एएनएमए) ले कोरोना रोकथामका लागि हेल्प डेक्सको स्थापना गरेको छ ।

एक लाखसम्म सदस्यहरु रहेको यो संस्थाले अमेरिकामा रहेका नेपालीहरुलाई कोरोना रोकथामका लागि उपयोगी जानकारी प्रदान गर्नका लागि हेल्प डेक्सको स्थापना गरेको जनाएको छ । हेल्प डेक्सबाट कोरोना भाइरससम्बन्धी उपयोगी परामर्श दिईने छ ।

उक्त संस्थाले सबै नेपालीहरुलाई सरकारको निर्देशन र आदेश पालन गर्न अपिल गर्दै सीडीसी द्वारा जारी सरल रोकथाम उपायहरु अभ्यास गर्न अनुरोध समेत गरेको छ ।

यस्तो छ संस्थाद्वारा जारी प्रेस विज्ञप्ति

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो