राष्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ्य संठनलाई दिंदै आएको सहयोग रोक्न आदेश

डिसी नेपाल
३ वैशाख २०७७ ५:०५

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्पले अन्तत: विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम बन्द गर्न आदेश दिएका छन् ।

कोरोना महामारी फैलिएसंगै विश्व स्वास्थ्य संगठनसंग असन्तुष्टि पोख्दै आएका राष्ट्रपति ट्रम्पले केही दिनअघि अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनी दिलका थिए ।

यो चेतावनीपछि पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले अमेरिकामा कोरोना महामारी फैलनुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा ट्रम्प प्रशासनले चालेका कदम अपर्याप्त रहेको भन्दै आलोचना गरेपछि ट्रम्पले अन्तत सम्पूर्ण रकम बन्द गर्ने आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको शुरुवात चीनमा हुंदादेखि नै चीन आवतजावतमा यात्रा प्रतिबन्द लगाएकोले सो रोग धेरै फैलन नपाई करोडौंको जीवन जोगाएको दावी गर्दै आएका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले सो यात्रा प्रतिबन्धको विरोध गरेको प्रसंग निकाल्दै सो संगठनको चर्को आलोचना पनि गरेका छन् ।

मंगलबार अपरान्ह सहयोग रकम बन्द गर्ने आदेश सार्वजानिक गर्दै उनले विश्व संगठनले चीनको पक्षधरता देखाएको र त्यहांबाट फैलिएको महामारीको ढाकछोप गरेको आरोप लगाएका छन् ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनका लागि हरेक बर्ष ४ सयदेखि ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ । सहायता रोक्ने आदेश सार्वजानिक गर्दा ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनले जम्मा ४० मिलियन डलरमात्र दिंदै आएको पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *