राप्ती नदीमा हामफालेर एकको मृत्यु
चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन्।
घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ।
नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment