लकडाउनको मारमा पशुचौपाया

डिसी नेपाल
४ वैशाख २०७७ ८:२७

काठमाडौँ। गत सोमबार ललितपुरको इमाडोलमा एक हुल बाँदर घरैघर क्षेत्रमा भौँतारिरहेका थिए। कहिल्यै बाँदर नआउने क्षेत्रमा बाँदर आएपछि स्थानीयहरुले होहल्ला गर्दै लखेटे।

ती बाँदर थापाथलीबाट खानेकुरा नपाएपछि सहर पसेका रहेछन्। सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनले सबै मानिस घरबाहिर निस्कन नपाएपछि सहरमा सौन्दर्यका रुपमा रहेका बाँदर तथा अन्य चौपायाहरुले खानेकुरा नपाएर भौँतारिएका छन्।

गाउँमा पनि लकडाउनले घरपालुवा पशुहरुलाई पनि असर परेको छ। सहरमा फालेका खानेकुरा, बिग्रेका तरकारी आदि खाएर रमाउने गाई तथा साँढे जस्ता जनावरहरु पनि खानेकुरा नभएपछि आजभोलि घना बस्तीतिर खाना खोज्न भौँतारी रहेका देखिन्छन्।

कोरोना भाइरस (कोभिड ¬१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई लकडाउन गरिएको छ। तर जनावर कोरोनाबाट सिर्जित समस्यालाई चित्रात्मक रुपमा सन्देश पनि प्रवाह गर्दै छन्।

जसरी कतिपय मानिसलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ। टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ।

त्यसरी नै मानवमा झैँ दुख, पीडा, प्रेम, हर्ष, क्रिडा ,भोक आदि गुण भएका तर अवोध पशुहरु लकडाउनले नराम्रोसँग प्रभावित बनेका छन्।

लकडाउनमा घरबाट बाहिर निस्कन नमिल्ने भएपछि गाउँघरतिर पनि घरपालुवा जनावरहरुलाई समस्या भएको छ।
जनावरलाई अहिले जताततै दुख र कष्टमात्रै छ।

जनावरले आँशु चुहाइरहेका छन्। प्रकृतिले आँशु बगारहेको छ। प्रकृतिले आफ्नो ठाउँ खोजेको भान हुन्छ। यसैको चपेटामा परेर उपत्यकामा छाडा रहेका चौपायालाई पशुपति क्षेत्र बिकास कोषले केही मात्रामा उद्धार गरिरहेको छ।

जनावरसँगको हाम्रो सम्बन्ध हामी मानवले सभ्यताको थालनी गरेदेखि नै सुरु भएको हो। घरपालुवा प्राणीसँगको मानवको सम्बन्ध साटफेरको सम्बन्ध हो। हामी उनीहरुको स्याहार गर्छौँ त्यसका बदलामा उनीहरुको गुणअनुसारको फाइदा पनि लिन्छौँ।

हामीले मानवको गुणअनुसारको प्रेम गर्छौँ, सम्पूर्ण स्याहार गर्छौँ, विरामी हुँदा उपचार गर्छौँ। र, अन्तमा फाइदा लिइसकेपछि छाडा छोडीदिन्छौँ। लकडाउनका कारण यसरी छाडिएका जनावरहरु र, सहरका सौन्दर्यका रुपमा रहेका बाँदर जस्ता जङगली पशुहरु मारमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *