लकडाउनमा चितवनबाट हिँडेर धादिङ आएका एकजनाको पुलबाट खसेर मृत्यु

डिसी नेपाल
४ वैशाख २०७७ १३:१३

धादिङ । लकडाउनका बेला पुलमा लगाईएको बार नाघ्न खोज्दा खसेर एक जनाको ज्यान गएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित बुङ्गकोटघाट पुलको छेकबार पार गर्न खोज्दा ३८ वर्षीय होमबहादुर रानाको बगरमा खसेर मृत्यु भएको हो ।

परिवारसहित चितवनमा बस्दै आएका राना सरकारेल पुनः वैशाख १५ गतेसम्मका लागि लकडाउन थपेसँगै हिँडेरै धादिङतर्फ लागेका थिए । उनको परिवार यसअघि नै धादिङ आएको थियो ।

ज्वालामुखी–५ बांझगरा निवासी रानाले बुधबार नै घरमा फोन गरेर आफू चितवनबाट पैदलै आइरहेको बताएका थिए।

चितवनबाट हिँड्दै आएका राना पृथ्वीराजमार्गको बेनीघाटबाट गोरखाको फुजेल जाँदै गरेको एम्बुलेन्समा लिफ्ट मागेर त्यसतर्फ लागेका थिए । तर उनको आफ्नै वडामा पुगेपछि  ज्यान गयाे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *