सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५ सय थान पिपिई हस्तान्तरण

डिसी नेपाल
५ वैशाख २०७७ १७:१४

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले ५ सय थान पिपिई (पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको बताए । आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न सो प्रालि सदैव तत्पर रहेको उनले उल्लेख गरे ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *