चिकित्सकलाई विभिन्न जिल्ला खटाइयो

डिसी नेपाल
५ वैशाख २०७७ २०:१२

अत्तरिया । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका आवासीय चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा आवश्यकताअनुसार खटाएको छ ।

शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले धनगढी पठाएका चिकित्सकलाई प्रदेशका नौवटै जिल्लामा खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले बताए । उनका अनुसार १४ चिकित्सकलाई सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पतालमा चार, पहाडी जिल्ला अछाम, डडेल्धुरा, बझाङमा तीन/तीन जना खटाइएको छ ।

बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई/दुई जना खटाइएको जनाइएको छ । खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन् । सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो । सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सो टोली सुदूरपश्चिम पठाइएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *