अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाद्वारा उद्धार

डिसी नेपाल
५ वैशाख २०७७ २१:४१

काठमाडौँ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाले उद्धार गरेको छ ।

दैनिक ज्यालादारी गर्ने सिलसिलामा दोलखाबाट फर्किएर गोगङ्बुमा अलपत्र भई बसेकालाई उद्धार गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार अन्यन्तै दयनीय अवस्थामा अलपत्र परेका कालीकोटका मजदूरलाई उद्धार गरिएको छ । मजदूरले आफू भोकै बसेको, ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको र घर जाने, खाने अवस्था नभएको समस्या देखाएका हुनाले उद्धार गरिएको प्रमुख अधिकारीले बताए ।

नगरपालिकाले गाडीको व्यवस्था गरी मजदूरलाई नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कूलमा राखिनुका साथै आवश्यक स्वास्थ परीक्षण गरी लकडाउन अवधिसम्म खाना र बस्ने व्यवस्था मिलाएको छ । नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य वस्तु, औषधि, एम्बुलेन्सलगायतका आवश्यक सामग्रीका लागि जनप्रतिनिधि तयारी अवस्थामा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *