कोरोना पीडितको सहयोगार्थ एक जुट हुँदै एनआरएनएका पूर्वअध्यक्षहरु

डिसी नेपाल
६ वैशाख २०७७ १३:०६

काठमाण्डौँ। कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु एक जुट भएका छन् ।

गैरआवासीय नेपाली संघको शुक्रबार बिहान पदाधिकारी तथा पूर्वअध्यक्षहरुको बैठकमा बोल्ने बक्ताहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिएको थियो ।

बैठकमा अध्यक्ष पन्तले कोरोना पीडित र नेपाल फर्किन चाहने नेपालीहरुका सम्वन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव दिए ।

बैठकमा पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौं नेपालीले जनताले दुःख पाएको बताउँदै संघले नेपाल सरकारको ध्यानकर्षण गराउनु पर्ने विचार व्यक्त गरे । उनले लकडाउनका कारण कृषी उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षेती व्यहोर्नु परेको बताए ।

विदेशमा रहेका नेपालीका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघले थप सक्रियता देखाउनुपर्नेमा पूर्वअध्यक्ष जीवा लामिछानेले जोड थियो । पूर्वअध्यक्ष लामिछाने कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने भन्दै लाखौं नेपाली बेरोजगार हुने सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।

निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पीडित नेपाली समुदायप्रति चिन्ता व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताए । उनले सबैसँग हातमा हात मिलाएर अघि बढ्न आग्रह गरे ।

संघका उपाध्यक्ष डा। बद्री केसीले वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्यसम्वन्धी सामग्री खरिदमा भएको प्रगति विवरणबारे बिस्तृत जानकारी दिए ।

संघका उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालहरुले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो भएको जानकारी दिए ।

बैठकमा अर्का उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियमा रहेका नेपालीहरुले भोगेको समस्यका बारेमा जानकारी दिए ।

संस्थापक नेता रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान बस्नको लागि समस्या रहेको बताए । उनले विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

बैठकमा संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधी र समस्याका बारेमा आफ्ना भनाई राखेका थिए ।

कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शितका बारेमा प्रकाश पारेका थिए । उनले सबै राष्ट्रिय समितिलाई तीन–तीन महिनामा आर्थिक रिपोर्ट वेभसाइटमार्फत् सार्वजनिक गर्ने व्यवस्था गरेको जानकारी दिए ।

कोरोना भाइरसको महामारीपछि विश्वव्यापी नेपालले भोगेको समस्याका बारेमा संघका पूर्वअध्यक्षको महत्वपूर्ण भूमिका हुने बताए ।

महिला संयोजक भूमा लिम्बुले संघको सक्रियतामा नेपालमा पठाएको सामान सदुपयोग भएको छ की छैन त्यसबारेमा सजक हुनुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका नेपालीलाई खानबस्नको समस्या रहेको बताइन् ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठक महासचिव डा. हेमराज शर्माले सञ्चालन गरेका थिए । महासचिव शर्माले कोरोना पिडित नेपालीहरुको तथ्यांक संकलन भैरहेको जानकारी बैठकमा गराएका थिए ।

बैठकमा संघका एनआरएनएका उपाध्यक्ष अर्जुन श्रेष्ठ, युवा संयोजक हिमाल गुरुङ्ग, र संघका कार्यकारी निर्देशक हेमन्त दवाडीको उपस्थिती रहेका ‘एनआरएनए कोभिड–१९ उच्च स्तरीय समिति’का प्रसे संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *