प्रदेश नम्बर १ : आरडिटी विधिबाट परीक्षण गर्दा तीन जनामा पोजिटेभ देखियो

डिसी नेपाल
६ वैशाख २०७७ १८:०१
8
Shares

विराटनगर। प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ। दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो।

सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ। यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ। आज सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो।

बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ। पीसीआर विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ।

उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ।

सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन्। संक्रमित मध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्। उनीहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ।

आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ। पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो।

५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ। स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो।

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल ६ सय ६ जना पुगेको छ। २० जना डिस्चार्ज भएका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन्।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *