क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा

डिसी नेपाल
६ वैशाख २०७७ २०:५७

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौँसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिए ।

यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची– १३ का एक जनालाई शनिबार घरबाटै नियन्त्रणमा लिइ पुनःक्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिए। आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *