गुल्मीमा पैदल हिडेर आएका ५३ मजदूरको उद्धार

डिसी नेपाल
६ वैशाख २०७७ २१:०३

गुल्मी । पैदलै हिँडेर यहाँ आइपुगेका ५३ मजदूरको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहले पैदल यात्रा गरी गुल्मी भित्रिएका ५३ मजदूरलाई सवारी साधन खोजेर सम्बन्धित जिल्लामा पुर्‍याउन शुरु गरेका छन् । मुसिकोट नगरपालिकाले पर्वतको कुस्माबाट पैदल हिँडेर प्यूठान जाँदै गरेका ११ मजदूरलाई उद्धार गरी जीपमार्फत प्यूठान पुर्‍याएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

धुर्कोट गाउँपालिकाले पनि पर्वतबाट हिँडेर प्यूठान जाँदै गरेका १६ मजदूरलाई उद्धार गरी शुक्रबार सवारी साधन खोजेर प्यूठान पु¥याएको छ । पर्वतमा खानेपानी आयोजनामा काम गर्दै आएका उनीहरुलाई लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि सवारी साधनको अभावमा बाध्य बनेर उनीहरु पैदल हिँडेर घर फर्कन लागेका हुन् ।

बाँके कोहलपुर नगरपालिका घर भई बागलुुङमा खानेपानी र पुलको काम गर्दै आएका २४ मजदूरलाई रेसुङ्गा नगरपालिकाले उद्धार गरेको छ । उनीहरुलाई शनिबार जिपमार्फत प्यूठानसम्म पु¥याउनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।

पोखरामा मजदूरी गर्दै आएका प्यूठान गौमुखी गाउँपालिकाका छ मजदूरको पनि उद्धार गरिएको छ । उनीहरुलाई छत्रकोट गाउँपालिकाले सवारी साधनमार्फत सम्बन्धित स्थानमा पुर्‍याएको छ । वाग्लुङको गलकोट नगरपालिकाअन्तर्गत दरमखोलामा पुलमा काम गर्दै आएका सल्यानका १० मजदूरलाई मालीका गाउँपालिकाले उद्धार गरी घरसम्म पठाइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए।

सुर्खेतबाट ११ दिनको पैदलयात्रा गर्दै वाग्लुङको ढोरपाटन नगरपालिकोतर्फ जाँदै गरेका नौ मजदूरलाई पनि रुरु क्षेत्र गाउँपालिकाले उद्धार गरी घरसम्म पठाएको रुरुका वडाध्यक्ष रामलाल विश्वकर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *