अमेरिकाकाे डिसी मेट्राे क्षेत्रका नेपालीका लागि हेल्पडेस्क

डिसी नेपाल
६ वैशाख २०७७ २३:००

वासिङ्टन डिसी ।  भर्जिनिया र डिसी मेट्रो क्षेत्रमा कोभिड-१९ रोगको महामारीबाट प्रत्यक्ष प्रभावित जोकोही नेपालीलाई छिटो र छरितो रुपमा सेवा र सहयोग पुर्याउन देहाय बमोजिमका हटलाईन फोन नम्बरहरु सार्बजनिक गरिएको छ ।

नेपाली अमेरिकी सामुदायिक केन्द्र र यस क्षेत्रका धेरै संघसंस्थाहरुको पहल र सहभागितामा एक Covid-19 Task Force बनाइएको छ । टास्क फोर्स टीममा समेटिएका सेवा सम्बन्धी बिषय विज्ञहरु, डाक्टरहरु, नर्सहरु, अन्य मेडिकल वर्करहरु, सरकारी राहत प्याकेजका जानकार विज्ञहरु लगायत सामाजिक भोलेन्टियरहरुले मेडिकल समस्या, मानसिक समस्या वा फेडरल राहत प्याकेज  र आर्थिक ब्यवस्थापन सम्बन्धी छुट्टा छुट्टा तीन हटलाइन खोली सेवा शुरु गरेका छन।

तपाइहरु मध्ये कसैलाई पनि केरोनाको कारण उत्पन्न कुनै समस्या भएमा तलका ३ मध्ये कुनै पनि लाइनमा फोन गरेर परामर्श र सहयोग लिन सक्नुहुनेछ ।

Medical help: 703-957-9251

CARES Act/Financial help: 703-957-0684

Psychological & Emotional help: 703-957-9343




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *