लकडाउनमा लुकिछिपी नेपाल छिरेका १५ भारतीयको कोरोना टेस्ट रिपोर्ट आयो

डिसी नेपाल
८ वैशाख २०७७ १२:२५

जलेश्वर । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ।

करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो।

भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका तिनीहरु बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए ।

चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए ।

टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *