कोरोनाबाट मृत्यु भए शव व्यवस्थापन कसरी गर्ने?
काठमाडौं । नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरेको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार सेनाले शव व्यवस्थापनका विषयमा सो अभ्यास गरेको हो ।
पोखरा–१४ स्थित एक व्यक्तिको कोरोनाका कारणले मृत्यु भएको काल्पनिक घटनालाई आधार मान्दै सेनाले सुरक्षित रुपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए।
शव व्यवस्थापन गर्दा व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने अभ्यास गरिएको उनको भनाइ छ । नेपालमा हालसम्म कोरोनाका कारणले कसैको पनि मृत्यु भएको छैन । हालसम्म ३१ कोरोना सङ्क्रमित रहेकामा चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।







डिसी नेपाल








कहि न भएको जात्रा हॉढी गॉऊमा भनेको यहि हो हग्नेलाई भन्दा देख्नेलाई लाज ? काम पाएन बुहारी पाराको चाक कनाईदे भनेको यहि हो ?