मुख्यमन्त्री शाहीद्वारा कार्यालय प्रमुखलाई निर्देशन

डिसी नेपाल
१० वैशाख २०७७ २०:३०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १० जिल्लाका कार्यालय प्रमुखलाई काम अघि बढाउन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री शाहीले आज १० जिल्लाका भौतिक विकास कार्यालयका प्रमुखसँग गरिएको भिडियो कन्फ्रेन्समार्फत सो निर्देशन दिएका हुन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानी अपनाउँदै सीमित जनशक्तिको प्रयोगबाट गर्न सकिने काम सामाजिक दूरी कायम राखी नियमित गर्न उनले कार्यालय प्रमुखलाई सुझाए ।

मुख्यमन्त्री शाहीले भने, “ सम्पूर्ण कार्यालय प्रमुखले कोरोनाबाट उच्च सावधानी अपनाएर विकास निर्माणका कार्यालयलाई निरन्तरता दिनुस् । आगामी आर्थिक वर्षको योजनाको निर्माणको पनि तयारी गर्नुस् ।” उनले १० वटै जिल्लाका कार्यालय प्रमुखसँग हालसम्म भएका विकास निर्माणका कामका बारेमा समेत जानकारी लिएका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *