महाराष्ट्रका दुई सन्तको हत्याको निन्दा

डिसी नेपाल
१० वैशाख २०७७ २२:१३

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित श्रीपञ्च दशानन अखडाका दुई सन्तको अज्ञात समूहले हत्या गरेकामा विश्व हिन्दू महासङ्घ नेपालले निन्दा गरेको छ । महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा अखडाका स्वामीद्वय कल्पवृक्ष गिरी पन्त महाराज र सुशील गिरी महाराज गाडीमा यात्रा गरिरहेका बेला सो समूहले ओराली प्रहरीकै अघि हत्या गरेको घटना वैदिक सनातन धर्म एवं परम्परामाथिको आक्रमण भएको उल्लेख छ ।

घटनाका दोषीलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउन पनि महासङ्घले जोडदार माग गरेको छ । लोक कल्याण र विश्व शान्तिको अभियानमा लागेका निरपराध दुई स्वामीको हत्याको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *