प्रदेश-१ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुग्याे

डिसी नेपाल
११ वैशाख २०७७ ८:२७

विराटनगर । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ।

पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो।

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दु्रतगतिको आरडिटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ।

प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन श्ययामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *