बाजुरामा काेराेना पोजेटिभ दुई जनाको स्वाब परीक्षण नेगेटिभ, र्‍यापिड किट अभाव

डिसी नेपाल
११ वैशाख २०७७ ९:५१

बाजुर । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा र्यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

नगरपालिकामा गरिएको र्यापिड टेूटमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो ।

नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

र्‍यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको र्यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो ।

र्यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधबार नेगेटिभ आएको पन्तको भनाइ छ।

  र्‍यापिड टेस्ट किट अभाव

र्‍यापिड डायग्नोस्टिक टेस्ट शुरु भएसँगै किट अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए ।

यहाँ ११ सय र्यापिड डायग्नोस्टिक टेस्ट सरकारले पठाएको थियो तर त्यो सबै सकिएकाले अहिले अभाव भएको जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए ।

र्यापिड डायग्नोस्टिक टेस्ट सकिन नपाउँदै जिल्लामा किटको अभाव देखिएको पन्तको भनाइ छ।

उनका अनुसार जिल्लाका स्थानीय तहमा जिल्लाबाहिरका शहर र भारतबाट आएकाहरुको र्यापिड टेस्ट गर्न नपाउँदै किट सकिएकाले परीक्षण कार्य बन्द भएको छ।

किट अभाव भएपछि सुदूरपश्च्मि प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर गरिएको छ । निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशमा समेत किट नभएकाले केही दिनपछि चीनबाट आउने भएकाले पाँच दिनपछि बाजुरामा पठाउने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *