कोभिड–१९ः यस्तो छ झापाको अवस्था

डिसी नेपाल
११ वैशाख २०७७ १७:४१

बनियानी । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियान झापामा तीव्ररूपमा अघि बढिरहेको छ । सचेतना अभिवृद्धि, राहत वितरण, कोरोना परीक्षण, लकडाउनको पूर्णपालना गर्ने/गराउनेलगायतका विषयमा जिल्ला एवं स्थानीय तहस्तरीय विभिन्न अभियान सञ्चालन भइरहेका छन् । स्वास्थ्य, शिक्षा, सुरक्षादेखि आधारभूत आवश्यकता परिपूर्तिका क्षेत्रमा सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट क्रियाशील छन् ।

झापामा हालसम्म ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको छ । उनीहरुलाई सात लाख ५७ हजार २५० किलो चामल, ९५ हजार १२७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४१४ किलो तेल, २९ हजार ८५८ साबुन र चिनी चिउरालगायतका ४९ हजार ९५१ किलो राहत सामग्री उपलब्ध गराइएको जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म रु छ करोड २० लाख ५६ हजार ७४३ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको रु चार करोड ९३ हजार रहेको छ भने व्यक्तिगत एवंं सामाजिक सङघसंस्थाका तर्फबाट रू दुई करोड १९ लाख ६३ हजार ७४३ प्राप्त भएको छ ।

६८४ जनाको परीक्षण

झापामा गत चैत २८ गतेदेखि शुरु भएको द्रुत परीक्षण विधिबाट हालसम्म ६८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६५९ जनाको आरडिटी, ८४ जनाको स्वाब, ८४ जनाको पिसीआर, ५९ जनाको पिसीआर र आरडिटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।

१८५ क्वारेन्टाइनमा, २३९ घर फर्के

झापाका १५ स्थानीय तहले २७ स्थानमा ७७८ जना क्षमताका क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १८५ जना रहेका छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

३० मुलुकबाट ९९९ झापा आए

विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५०७ जना आएका छन् । त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २०२, कतारबाट ११२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, युनाइटेड स्टेटबाट १५, बहराइन र कुवेतबाट १४÷१४, दक्षिण कोरियाबाट नौ, ओमनबाट आठ, हङकङ, जापान र माल्दिभ्सबाट छ÷छ जना आएका छन् । अन्य मुलुकबाट एक÷दुई जनाको सङ्ख्यामा झापा आएका छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *