एचआईभी सङ्क्रमितलाई घरघरमै औषधि

डिसी नेपाल
११ वैशाख २०७७ १८:०३

गलकोट । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण औषधि लिन समस्यामा परेका बागलुङका एचआईभी सङ्क्रमितलाई घरघरमै औषधि सेवा प्रदान गरिएको छ । एचआईभी सङ्क्रमितको सेवाका लागि धौलागिरी अञ्चल अस्पतालमा स्थापित एआरटी सेन्टरले सङ्क्रमितको घरघरमै पुगेर औषधि (एआरभी) सेवा दिइरहेको छ ।

दैनिक रुपमा नियमित सेवन गर्नुपर्ने रोग प्रतिरोधी क्षमता बढाउने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमा नै पुगेर औषधि वितरण भइरहेको एआरटी सेन्टरका परामर्शदाता प्रदीप आचार्यले जानकारी दिए । एचआईभीको औषधि अन्य स्थानमा पाइँदैन र गोपनियताका हिसाबले पनि निकै संवेदनशील भएकाले सङ्क्रमितको हातहातमै औषधि पु¥याउँदै आएको आचार्यको भनाइ छ ।

“लकडाउनका कारण सङ्क्रमितहरु औषधि लिन एआरटी सेन्टरमा आउन नसकेकाले आफैँ सङ्क्रमितलाई सम्र्पक गरेर औषधि पु¥याउँदै आएको छु”, आचार्यले भने, “सङ्क्रमितले नियमित खानुपर्ने औषधि १० वटै स्थानीय तहका गाउँगाउँमै पुगेर प्रत्यक्ष वितरण गर्दै आएको छु ।” एचआईभी सङ्क्रमितलाई औषधि पु¥याउन धौलागिरि अञ्चल अस्पतालसँग एआरटी सेन्टरले समन्वय गरिरहेको छ । सङ्क्रमितको गोप्यताका कारण स्वास्थ्यचौकीमार्फत औषधि दिन नमिल्ने भएकाले सङ्क्रमितको घरमै पुगेर औषधि दिनुको विकल्प नरहेको आचार्यको भनाइ छ । कतिपयले फोनमा सम्र्पक गरी राजमार्गसम्म औषधि लिन आफँै आउनेसमेत गरेका छन् ।

बागलुङमा कूल ३९९ जना सङ्क्रमित खुलेका भए पनि नियमित सम्पर्कमा रहेर १६३ जनाले औषधि तथा अन्य परामर्श लिँदै आएका छन् । लकडाउन अगाडि वितरण गरिएको औषधि सकिँदै जान थालेपछि घरमै औषधि पु¥याउन थालिएको थियो । उक्त औषधि नेपाल सरकारबाट निःशुल्क रुपमा उपलब्ध हुन्छ । बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले सेन्टरले नैै जिल्लामा यो औषधि सङ्क्रमितलाई वितरण गर्ने गरेको छ । एचआईभी सङ्क्रमितले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्रमितको स्वास्थ्यमा असर पर्ने भएकाले औषधि घरमै पु¥याउन थालिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *