सिमानामा अलपत्र किरियापुत्रीको उद्वार

डिसी नेपाल
११ वैशाख २०७७ १८:५०

अर्घाखाँची । भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित दुई जनालाई पाणिनी गाउँपालिकाले उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नं ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्वार गरी ल्याइएको हो । बुबाको निधनपछि एक्ला छोरा धनीश्वर किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर दुई जनालाई घरमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

हिन्दू धर्म र संस्कृतिअनुसार छोरा बिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर धनिश्वर र उहाँका छोरा राजुलाई घर ल्याइएको अध्यक्ष गौतमको भनाइ छ । “कसैसँग नछोइकन घरमा ल्याएर किरिया बसालेका छौँ, ¥यापिड टेस्ट र स्वाब परीक्षण गराउँदा सबै रिपोर्र्ट नेगेटिभ देखिको छ”, अध्यक्ष गौतमले भने।

बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका धनिश्वरले स्थानीय तहको सक्रियतामा किरिया गर्न पाएको बताए । छोरालाई लिएर रोजगारीका लागि भारत गएका धनिश्वर लकडाउन भएपछि स्वदेश फर्किए पनि २२ दिनदेखि सिमानामै अलपत्र परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *