बेलायतमा कोरोनाले ३२ वर्षीया युवतीसहित थप ३ जना नेपालीको ज्यान लियो

डिसी नेपाल
१२ वैशाख २०७७ १०:२०

काठमाडौँ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) ले थप ३ जना नेपालीको ज्यान लिएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या २३ पुगेको छ ।

बिहीबार ३२ वर्षीय युवती नाछिरिंग राईसहित थप ३ जनाको ज्यान गएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले डिसी नेपाललाई जानकारी दिए ।

कोरोनाको संक्रमण देखिएकी राईको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी बेलायतमा कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउने नेपालीहरु मध्ये सबैभन्दा कान्छी हुन् ।

मृतक राई मृगौला सम्बन्धी रोगबाट पनि पीडित थिइन् । आमाबाबा र बहिनीका साथमा बेलायतमा बस्दै आएकी उनी अविवाहित थिइन्। खोटाङमा जन्मेकी उनी पछिल्लो समय धरानमा बस्दै आएकी थिइन्।

कोरानाकै कारण बिहीबार बेलायतको रेगिङ्ग शहरमा बस्ने झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रअ ६५ वर्षीय हंसराज हंसराज लिङ्देनको स्थानीय एक अस्पतालमा निधन भएको थियो ।

त्यसैगरि बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका प्युठानका पूर्व गोर्खा सैनिक ७२ वर्षीय गोपाल शाहीको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसका कारणले निधन हुने नेपालीहरुको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेको दूतावासले नेपाली समुदायलाई आफ्नो स्वास्थ्यप्रति चनाखो हुन आग्रह गर्दै बेलायत सरकारले दिएको स्वास्थ्य सम्वन्धी गाइडलाइन पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *