ठाटिकाँध गाउँपालिकामा ८० जनाको आरडिटी, सबै रिपोर्ट नेगेटिभ

डिसी नेपाल
१२ वैशाख २०७७ २१:०८

काठमाडौं । दैलेखको पश्चिममा रहेको ठाटिकाँध गाउँपालिकामा अहिलेसम्म ८० जनामा ¥यापिड डाइगोनेस्टिक टेस्ट (आरडिटी) गरिएको छ । ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रविन्द्र भण्डारीका अनुसार आरडिटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक सञ्जालमा ठाटिकाँध गाउँपालिकामा कोरोना भेटियो भन्ने कुरा आएपछि हामीले शाखा प्रमुख भण्डारीलाई सम्पर्क गरेका थियों । उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘पालिका भन्दा बाहिरबाट आएका सम्पूर्णलाई क्वारेन्टाइनमा राख्ने गरेका छौं । विहान बेलुकीको ‘टाइमकार्ड’ बनाएर सबैलाई टेष्ट गरिरहेका छौं । अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन’ ।

सामाजिक सञ्जालमा आएको भ्रम प्रति गाउँपालिकाले पनि ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिका प्रमुख धिरबहादुर शाहीले भ्रमको पछि लागेर त्रशित नहुँन पनि आग्रह गरेका छन् ।
साथै उनले कोरोना सम्बन्धमा गलत समाचार सम्प्रेशण गर्नेलाई कानून बमोजिम कारवाही हुने समेत जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *