दलित विद्यार्थी संघको पहलमा उपत्यकाका ३ सय परिवारलाई राहत वितरण

डिसी नेपाल
१३ वैशाख २०७७ १०:०८

काठमाडौं । नेपाल दलित विद्यार्थी संघको संयोजनमा उपत्यकाका ३ सय दलित परिवारले पाएका छन्।

नेपाली कांग्रेस निकट दलित विद्यार्थी संघको नेतृत्वमा उपत्याकामा बिहीबार राहत वितरण गरिएको हो ।
संघका केन्द्रीय अध्यक्ष राजु सुनारले लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका दलित व्यक्ति तथा परिवारलाई तत्कालको खाँचो टर्ने गरी राहत उपलव्ध गराइएको बताए ।

संघको केन्द्रीय समितिले केही दिन अघि लकडाउनका कारण दलित समुदायका कोही काठमाडौंमा समस्यामा परे सम्पर्क गर्नु भनेर पदाधिकारी तथा सदस्यको नाम र नम्बर नै सार्वजनिक गरेको थियो ।

यसपालिको राहत वितरणमा टेगार फाउण्डेसन नेपालले प्रमुख सहयोग गरेको छ । १ बोरा चामल, ५ केजी दाल, २ लिटर तेल र नुन लगायतका सामग्री प्रत्येकलाई उपलव्ध गराइएको छ।

यो अभियानमा स्यम्बु लामा समूहको पनि विशेष योगदान रहेको सुनारले जनाए । यही अभियान अन्तर्गत जोरपाटीमा खाना खुवाइदै गरेको ठाउँमा पनि १० बोरा चामल, ५० केजी दाल, २० लिटर तेल, नुन र अन्य सामग्री उपलव्ध गराइएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको नेतृत्वमा बुधबारबाट दिनमा २ छाक जोरपाटीमा निःशुल्क खाना खुवाइदैछ।

राहत वितरणमा नेपाल दलित संघ केन्द्रीय समितिले पनि सहकार्य गरेको थियो । पूर्वमन्त्री तथा सांसद मीन विश्वकर्मा, हरिशरण नेपाली, दीपक सोनी, सुवास बराइलीलगायतले पनि समन्वय गरेकामा सुनारले आभार व्यक्त गरेका छन्।

लकडाउनका कारण खान नपाएर कोही पनि समस्यामा नपरोस् भनेर अभियान चलाएको सुनारको भनाई छ ।

सुनारको नेतृत्वमा नै यसअघि गोकर्णेश्वर र बुढानिलकण्ठका २ वटा वालगृहमा प्रत्येकलाई ५ बोरा चामल, दाल, तेल , चिनीलगायतका सामग्री वितरण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *