कुवेतमा ५१ जना नेपाली कोरोनाबाट संक्रमित

डिसी नेपाल
१६ वैशाख २०७७ १९:१६

कुवेत । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ५१ पुगेको छ । मंगलबार थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ५१ पुगेको हो ।

कुवेतको स्वास्थ्यले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ६ नेपालीसहित १ सय ५२ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ हजार ४ सय ४० पुगेको छ ।

तीमध्ये २३ जनाको ज्यान गएको छ, भने १ हजार १ सय ७६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ६७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । संक्रमित नेपालीमध्ये सबै उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *