कुवेतमा एकैदिन १० नेपालीमा कोरोना संक्रमण

डिसी नेपाल
१७ वैशाख २०७७ १८:५६

कुवेत । कुवेतमा एकैदिन १० जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधवार थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ६१ पुगेको छ ।

कुवेतको स्वास्थ्यलेबुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १० नेपालीसहित ३ सय जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ हजार ७ सय ४० पुगेको छ ।

तीमध्ये २३ जनाको ज्यान गएको छ, भने १ हजार ३ सय ८९ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ६६ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । संक्रमित नेपालीमध्ये सबै उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *