बामदेवबिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने पूर्वमाओवादीको तयारी

डिसी नेपाल
१८ वैशाख २०७७ ६:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको पार्टी सचिवालय बैठकमा भावी प्रधानमन्त्रीका रुपमा नेकपाका नेता बामदेव गौतमलाई प्रस्ताव गरेपछि नेकपाको आन्तरिक समिकरणमा एकाएक परिवर्तन देखापर्न थालेको छ।

आफूलाई पटक पटक अघि सार्दै बद्नाम गराउँदै आएको आरोप लगाएर निकै आक्रामकरुपमा ओलीबिरुद्ध प्रस्तुत हुँदै आएका नेता गौतम बुधबारकाे बैठकमा ओलीले राखेको आफ्नै सत्तारोहणको प्रस्तावको पक्षमा प्रस्तुत भए। उनी अचानक पल्टिएपछि पार्टी बैठकमा निकै चर्कोरुपमा ओलीबिरुद्ध प्रस्तुत भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठेरो परेको थियो।

पार्टी एकतादेखि नै ओलीसँग एकता र संघर्षको तरिकाबाट नेकपाको शक्तिमा उक्लिँदै गएका दाहालले सचिवालय बैठकमा ओलीबिरुद्ध दुश्मनलाई झैं व्यवहार गरेर बोलेका थिए। नेकपाका एक उच्च नेताका अनुसार, ओलीलाई सत्ताच्युत गर्न सकिनेमात्र होइन पार्टीको नेतृत्वबाट समेत हटाउन सकिने उपयुक्त वातावरण ठानेर ओलीबिरुद्ध विपक्षी दललाई भन्दा पनि चर्को गालीमा प्रस्तुत भएका दाहाललाई वामदेवको पासा एकाएक पल्टिएपछि रणनीति फेर्नु पर्ने अवस्था आइलागेको छ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको पार्टी सचिवालय बैठकमा भावी प्रधानमन्त्रीका रुपमा नेकपाका नेता बामदेव गौतमलाई प्रस्ताव गरेपछि नेकपाको आन्तरिक समिकरणमा एकाएक परिवर्तन देखापर्न थालेको छ।

‘पार्टीभित्र ओलीलाई हटाउन नसकिने अवस्था आउने थियो भने अहिले नै अध्यक्ष प्रचण्ड त्यति आक्रामक भएर बोल्नु हुने थिएन,’ नेकपाका ती नेताले डिसी नेपालसँग भने, ‘फायर खोलिसकेपछि फिर्ता लिन सकिँदैन।’

स्राेतका अनुसार, दाहालसम्बद्ध पूर्वमाओवादी समूह अव नेकपाका नेता गौतमबिरुद्ध प्रस्तुत हुने तयारीमा छ। हारेर पनि पद नै चाहिने र अप्ठेरो परेका बेला धोका दिने आरोप लगाएर गौतमलाई नंग्याएर पाठ सिकाउने अवस्था आइसकेको महसुस प्रचण्डसमूहले गरेको छ। यो कुन रुपमा प्रकट हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

तर, अर्को सचिवालय बैठकसम्म वामदेवलाई ओलीको प्रस्तावको विपक्षमा उभ्याउने प्रयास गरिने छ। यदि वामदेव ओलीसंग मिल्न जाने परिस्थिति आएमा तलदेखि माथिसम्मकै नेताहरुले वामदेवविरुद्ध पदलोलुपको आरोप लगाएर नंग्याउने अभियान चलाइने छ। स्रोतका अनुसार, बुधबारको बैठकमै अध्यक्ष दाहालले वामदेव समय समयमा फुटबल बन्ने गरेको र त्यसको कारण पदलोलुपता हुने गरेको कुरा बल्ल स्पष्ट हुन आएको बताएका थिए।

वामदेवलाई हुन्न भन्न दाहाल र माधवकुमार नेपाललाई पनि सजिलो नहुने भएकाले ओलीले वामदेव तुरुप प्रयोग गरेका हुन्। हिजोसम्म वामदेवलाई अघि सार्नेहरुले अव कसरी हुन्न भन्नु भन्ने नैतिक संकटमा दाहाल र नेपाललाई पारेर ओलीले तत्कालका लागि आफूमाथि आइपरेको खड्को टार्न खोजेका छन्।

किनकि वामदेवलाई प्रधानमन्त्री पद छाड्ने भने पनि उनलाई सो पदमा पुऱ्याउन केही महिना लाग्न सक्छ र यो अवघिमा आफूविरुद्ध भित्रभित्रै षड्यन्त्र गर्ने दाहालविरुद्ध कडारुपमा प्रस्तुत हुने रणनीति ओलीले बनाएको बुझ्न गाह्रो छैन। पार्टीभित्र दाहाललाई कमजोर बनाएर पार्टीको वागडोर आफै लिने र गौतमलाई सत्ता सुम्पेर अर्को चुनावको तयारी गर्ने रणनीति ओलीसमूहले बनाएको बुझिएको छ।

के गौतमले ओलीको प्रधानमन्त्री पद दिने प्रस्ताव इन्कार गरेर प्रचण्डको साथ दिने निर्णय गर्लान्? कथंकदाचित यस्तो अवस्था आए ओलीले सजिलै सत्ता सुम्पने भने छैनन्। बरु, संविधानसम्मत तर अस्वाभाविक निर्णय गरेर एक्लै अघि बढ्ने दोस्रो विकल्पमा ओलीले छलफल चलाएको बताइएको छ।

यसैगरी पूर्व एमाले कार्यकर्तालाइ आश्वस्त पार्न प्रधानमन्त्री ओलीले माधव नेपाललाई तेस्रो अध्यक्षको रूपमा प्रस्ताव गरेर पूर्व एमालेजनमा एकताको सन्देश दिन खोजेका छन्। ओलीसँग रिसाएपनि स्वयं माधव नेपालले यो प्रस्तावको विरोध गर्न सकेका छैनन्।

यी दुवै प्रस्तावहरू प्रचण्ड विरूद्ध लक्षित हुन्। माधव नेपाल अर्को अध्यक्ष भए स्भवभाविक रूपमा पूर्व पार्टीको साइज अनुसार प्रचण्डलाई असर पर्ने विश्लेषण ओली समूहको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *