ट्राफिकले जरिवाना तिराएको झोंकमा विद्युत कर्मचारीले प्रहरी चौकीकै लाइन काटिदिए
काठमाडौं। भारतको उत्तर प्रदेशको महाराजगंज निल्लाको कोठिभार थाना क्षेत्रमा रहेको चिउटहा पुलिस चौकीले पुलिसले एक विद्युत कर्मचारीलाई बिना हेलमेट मोटरसाइकल चलाएको आरोपमा जरिवाना तिरायो । यसबाट रिसाएका विद्युत कर्मचारीले चौकीकै लाइन काटिदिए । पुलिसले ती कर्मचारीलाई समातेर चौकीमै राखे र पनि लाइन जोडिदिएपछि बल्ल छाडिदिए ।
आज तकको समाचार अनुसार मंगलबार विद्युत कर्मचारी अजीत कुमारले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए । जसका कारण पुलिसले उनको चालान काटेको थियो । रिसाएका विद्युतकर्मीले बुधबार दिउँसो चौकीको विद्युत लाइन पोलबाटै काटिदिए । उनले लाइन काटेको थाना प्रमुख बृजेश कुमार सिंहले देखे । त्यसपछि तत्कालै पुलिसले उनलाई समातेर चौकीमा राखे ।
पुलिसले लाइन काट्नुको कारण सोध्दा विद्युतकर्मीले सन्तोषजनक जवाफ दिन सकेनन् । त्यसपछि पुलिसले विद्युत विभागका माथिल्ला अधिकारीलाई फोन गर्दा अधिकारहिरुले लाइन काट्नुपर्ने कारण नभएको बताएपछि अन्ततः अजीत कुमारले पुनः लाइन जोडिदिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment