व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश

डिसी नेपाल
१८ वैशाख २०७७ १५:४३
4
Shares

काठमाठाैं। कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे छ। बिहीबार काठमाडाैं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो। बुधबारदेखि बहस सुरु भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई चैत २५ मा थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। ४ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मूल्य लिएर बेचेको आरोप थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *