डिसी नेपालको समाचारप्रति रियादस्थित दूतावासको स्पष्टीकरण : संकटको बेला हामी जिम्मेवार छौँ

डिसी नेपाल
१८ वैशाख २०७७ २१:५२

काठमाडौँ । रियादमा रहेको नेपाली दूतावासले डिसी नेपालमा बिहीबार ‘संकटको बेलामा गलत सूचनाले नागरिक तर्साउँदै साउदीस्थित नेपाली दूतावासका कर्मचारी’ शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंदै संकटको बेला दूतावास जिम्मेबार रहेको स्पष्टीकरण दिएको छ ।

दूतावासले आफ्नो फेसबुक मार्फत खण्डन गर्दै आमनागरिकमा अपुष्ट समाचार नजाओस् भन्नेमा राजदूतावास सधै सजग रहेको भन्दै उल्लेख गरेको छ ।

दूतावासले भनेको छ- ‘संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सचेतना र सावधानीका बारेमा सुसूचित गराउँदै आइरेका छौँ ।’

दूतावासले सकारात्मक समाचार प्रवाहका लागि डिसी नेपाललाई सल्लाह समेत दिएको छ ।

के थियो समाचार ?

रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारीको विषयमा आफ्नो फेसबुक पेजबाट नियमित अपडेट दिँदै आएको थियो ।

तर, २०७७ बैशाख १७ गते बुधवार (अप्रिल २९) मा दूतावासका कर्मचारीले अपडेट दिने क्रममा १ महिना भन्दा पहिलाको सूचना फेसबुकमा पोस्ट गरेका थिए । दूतावासले फेसबुकको पोस्टमा अप्रिल २९ कै अपडेट दिएका थियाे तर, साथमा पोस्ट गरिएको लेटरहेडमा लेखिएको सूचना भने गएको मार्च २३ तारिखमा महाबाणिज्य दूतावास जेद्दाले जारी गरेको सूचना अपलोड भएकाे थियाे ।

बुधबार सम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१ हजार ४ सय २ पुगेको छ । संक्रमितहरु मध्ये २ हजार ९ सय ५३ जना उपचार पछि निको भएका छन् । त्यस्तै १ सय ५७ जना संक्रमितको मृत्यु भएको थियो । तर, दूतावासकै अफिसियल फेसबुक पेजमार्फत अघिल्लो महिनाको अपडेट शेयर हुँदा नेपालीहरु भ्रममा परेका थिए । फोटोमा गएको मार्च २३ तारिखको जानकारी अपडेट गरिएको थियो । त्यत्तिबेला साउदीमा कोरोना संक्रमितको संख्या ५ सय ११ मात्र थियो । जसमध्ये १७ जना उपचारपछि निको भएका थिए ।

दूतावासले नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र अन्तर्गत रहेका नेपाली कामदारका समस्याहरुको टिपोट, समाधानको पहल एवं अभिलेख राख्ने समन्वयको कार्यलाई व्यवस्थित राख्न पुरानो लेटरहेडमा लेखिएको नम्बर शेयर गरिएको जनाएको छ । तर, दूतावास जस्तो जिम्मेवार निकायले एउटा नयाँ लेटरहेडमा टाइप गर्न कन्जुसाई गरेर पुरानो सूचना शेयर गर्नु कत्तिको जायज हो ? यस विषयमा दूतावास संवेदनशील हुन जरूरी छ ।

साउदी लगायतका खाडी मुलुकमा रहेका धेरै नेपाली सामान्य लेखपढ गर्न समेत जान्दैनन् । संक्रमितको संख्या २१ हजार नाघिसकेको अवस्थामा दूतावासबाटै ५ सय ११ जना संक्रमित भन्ने पुरानो जानकारी पोष्ट गरिंदा धेरै नेपालीले ५ सय ११ जना नेपाली भन्ने बुझेका छन् । धेरैले दूतावासले घुमाउरो भासाले लेखेको समेत बुझ्दैनन् । सोही पोस्टको कमेण्टमा पनि धेरैले दूतावासले भ्रम छरेको भन्दै आलोचना समेत गरेका छन् । कतिपयले त साउदीमा ५ सय ११ नेपाली संक्रमित भएको भनेर यो पोस्ट शेयर गरेर भाइरल समेत गराएका छन् । जसले धेरै नेपालीलाई भ्रमित बनाएको छ । यही कुरालाई डिसी नेपालले समाचार बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *