श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिले दिएको सन्देशमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गरेकी छन्।
सन्देशमा कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूल असर पारेकाले यसलाई दृष्टिगत गरी नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा गरिएको छ।
राष्ट्रपतिले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पु¥याउने अपेक्षा लिएकी छु भनेकी छन्।
सन्देशमा नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ भनिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment