प्रेमीकी श्रीमतीसँग प्रेमिकाले भनिन्–‘मेरो सबै सम्पत्ति लैजाउ, आफ्नो श्रीमान मलाई देऊ’

डिसी नेपाल
१९ वैशाख २०७७ १५:१६

काठमाडौं। ५७ वर्षकी एक सरकारी अधिकारी महिलालाई आफ्ना जुनियर सहकर्मीसँग यति प्रेम भयो कि एक दिन उनी सहकर्मीको घर पुगिन् । त्यसपछि उनले प्रेमीकी श्रीमतीसँग भनिन् – मेरो पूरै सम्पत्ति लेउ अनि आफ्नो श्रीमान मलाई देउ । आज तकका अनुसार यो विचित्रको घटना भारतको उत्तर प्रदेशको राजधानी भोपालको हो ।

यो मुद्दा भोपालको पारिवारिक अदालतमा १७ अप्रिलमा काउन्सिलिङको लागि आएको हो । यो मुद्दामा काउन्सिलिङ गरिरहेकी काउन्सिलर सरिता राजानीले यो विचित्रको मुद्दाबारे जानकारी दिएकी हुन् । राजानीका अनुसार मध्य प्रदेशको सरकारी विभागमा उच्च पदमा काम गर्ने महिला सरकारी अधिकारीका पतिको १० वर्ष पहिले मृत्यु भएको थियो । त्यसपछि छोरा बुहारीले पनि उनीप्रति तिरस्कारको भावना राख्न थाले ।

यस्तोमा ती महिलाको एउटै अफिसमा काम गर्ने ४५ वर्षका सहकर्मीसँग निकटता बढ्न थाल्यो । कोरोनाभाइरसका कारण २५ मार्चदेखि सुरु भएको लकडाउनमा एक्लै बस्ने क्रममा ती महिलालाई आफ्ना प्रेमीको कमी महसुस हुन थाल्यो । त्यसपछि उनी १७ अप्रिलमा प्रेमीको घर पुगिन् । किचनमा काम गरिरहेकी प्रेमीकी पत्नी जब बाहिर आइन् त्यसपछि उनी चकित परिन् ।

महिला अधिकारीले त्यहीँ प्रेमीकी श्रीमतीसँग भनिन् कि आफ्नो पूरै सम्पत्ति लिएर आफ्नो पति मलाई देउ । यो सुन्नासाथ घरमा हल्लाखल्ला भयो । केही समयमै महिलाका छोरा बुहारी पनि आए । त्यसपछि यो मुद्दा पारिवारिक अदालतमा काउन्सिलिङका लागि गयो । यो विवाद त्यतिबेला झनै बिक्रियो जब श्रीमानले पनि आफ्नी श्रीमतीसँग आफूले ती महिलालाइ छोड्न नसक्ने बताए । पत्नीले १४ वर्षपछि पतिले आफूलाई धोका दिएको बताएकी छिन् । दुवै पक्षलाई लगातार सम्झाइएको छ र यो विवाद अझै मिलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *