पृथ्वी राजमार्गमा यसरी हुँदै छ लकडाउनको उल्लंघन (फोटो फिचर)

डिसी नेपाल
२३ वैशाख २०७७ १७:४१

धादिङ । कोरोना संक्रमणबाट बच्न नेपालमा लकडाउन भएको मंगलबार ४३औँ दिन पुगेको छ । उदयपुर, वीरगन्ज, नेपालगन्जलगायतका स्थानहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले पृथ्वी राजमार्ग हुँदै उपत्यका भित्रिने सवारीसाधनमा कडाइ गरेको छ ।।

तर लकडाउनको ४३औँ दिनमा भने सर्वसाधारण यसको अवज्ञा गर्दै स्वतःस्फुर्त रूपमा सडकमा निस्किएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको जोगिमारा ,मलेखु, गजुरी, गल्छी, नौबिसे लगायतका केही क्षेत्रमा सवारी साधन र मानिसको चहलपहल बढेको छ ।

सडकमा ड्युटीमा खटिएका प्रहरीका अनुसार बैंक तथा वित्तीय संस्थाको परिचयपत्र लिएर सवारी कुदाउनेको संख्या ह्वात्तै बढेको छ । सवारी चलाउन पासको व्यवस्था गरिएपछि सडकमा गुडेका साना तथा ठूला सबै खाले सवारीले पास लिएर हिँडेको भेटिएको प्रहरीको भनाइ छ र पास नभएको सवारी साधनहरुलाई आकै दिशा तर्फ फर्काउने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पास वितरण बन्द गरेको जनाए पनि पछिल्ला दिनयता प्रशासनको पास लिएर हिँड्नेको संख्या ह्वात्तै बढेको हो । तस्वीर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ क्षेत्रका हुन्, जहाँ सवारी साधन र मानिसको चाप कति बढेको छ भनेर प्रस्ट देख्न सकिन्छ ।

तस्वीर: बिकास रौनियार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *