किन दोहोरियो काेराेना ? के भन्छन् विज्ञहरु

तर्कबहादुर थापा
२४ वैशाख २०७७ २१:५३

काठमाडौं । कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । कडा लकडाउनका बाबजुद् पनि नेपालमा कोरोना तीब्र गतिमा फैलिएको छ । स्वास्थय तथा जनसंख्या मान्त्रालयका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किएका खबर बाहिरिदै गर्दा निको भएकाहरुमा कोरोना पुनः पोजेटिभ देखिएको छ । विरजञ्जमा २ जना र काठमाडौंको सनसिटिका १ जनामा कोरोना पुन देखिएको हो ।

वैशाख २ गते सनसिटीका २ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई पाटन हस्पिटलको आइसोलेनमा राखेर उपचार गरियो । वैशाख ११ गते उनीहरुमा कोरोना निको भएको भनि अस्पतालबाट डिस्चार्ज गरियो । करिव ९ दिनको हप्टिल बसाइपछि उनीहरुमा कोरोना निको भएको अस्पतालले जनाएको थियो ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माका अनुसार उनिहरुमा गरिएका सबै टेस्टहरु नेगेटिभ भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । उनले भने, ‘हामीले गर्नु पर्ने टेस्ट गर्दा सबै टेस्टहरु नेगेटिभ आएर डिस्चार्ज गरेका हौं।’ अस्पतालबाट निको भएर घर फर्किएपछि पुनः कोरोनाको संक्रमण देखिनुको कारण बारे अध्ययन भइरहेको डा शर्मा बताउछन् । उनले भने, ‘पहिलो त कोरोना रोग नै अध्ययनको क्रममा छ, यसको केहीकुराहरु पनि बैज्ञानिक हिसावले प्रमाणित नभएकाले किन र कसरी रोग पुनः देखियो यसै भन्न सकिन्न। तर, पुनः देखिएकाहरुलाई हामीले अस्पतालमा ल्याएर आइसोलेसनमा राखेका छौं।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाले विश्वमा महामारीको रुप लिएको छ । निको भएर घर गएकाहरुमा पुनः कोरोना संक्रमण देखिने देश नेपाल पहिलो भने हैन। चीनको वुहान शहरमा पनि कोरोनाको संक्रमण पुनः देखिएको थियो । यस्ते दक्षिण कोरियामा पनि निको भएर घर गएकाहरुमा पुनः कोरोना संक्रमण देखिएको थियो ।

‘हाम्रो शरिरमा ‘एन्टीबडि’ कम भयो भने पनि कोरोनाले मात्र हैन जुनसुकै भाइरसले पनि आफूलाई पुनः विकास गर्न सक्छ’। मनमोहन मेमोरियल हस्पिटलका जनस्वास्थ्य विज्ञ रामप्रसाद गजुरेलले डिसी नेपालसँग भने, ‘जव हाम्रो प्रतिरोधात्मक क्षमता कम हुदै जान्छ तव कुनै पनि रोगले हामीलाई सहजै अफ्नो काबुमा राख्न सक्छ । कोरोनाको बारेमा धेरै कुरा त अध्ययनकै क्रममा छ। तर, जनस्वास्थ्यको तर्फबाट हेर्दा कोरोना पुनः देखिनेहरुको व्यक्तिगत रहनसनले पनि प्रभाव पारेको हुनसक्छ।’

इवामुरा कलेज भक्तपुरमा ‘इपिडिमियोलोजी एण्ड कम्युनिटि डाइगोनिष्टिक’का अध्यापक टेकबहादुर थापाका अनुसार पुनः कोरोना देखिनुमा लापरवाही नै देखिन्छ । उनले भने, ‘उहाँहरुको शरिरमा पहिला प्रवेस गरेको भाइरस देखिए पछि अस्पताल जानु भयो, सायद अस्पताल अथवा घरमा पनि उहाँहरु पुनः संक्रमित भएको हुनुपर्छ । पहिला शरिरमा प्रवेश गरेको भाइरस नदेखिएपछि उहाँहरुलाई डिस्चार्ज गरियो होला। तर, पछि प्रवेश गरेको भाइरस पुनः देखिएको हुन सक्छ।’

स्वास्थ्य क्षेत्रमा काम गरिरहेका उनीहरुको कुरासुन्दा सरकारद्वारा गरिएको परीक्षण नै नपुगेको बुझ्न सकिन्छ । सनसिटीका कोरानाको उपचारपछि घर फर्केका एक जनामा पुनः कोरोना आउनुमा सरकारको परीक्षण नपुगेको तर्फ संकेत जनस्वास्थ्य विज्ञहरुले गरेका छन्। सरकारले गरेको आरडिटी परीक्षण भर पर्दो नभएको र सनसिटीमा अरुपनि कोरोना संक्रमित हुन सक्ने तर्फ उनीहरुको आशंका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सरकारको परीक्षणमै आशंका हो त भनी प्रश्न गर्दा उनले जवाफ दिन मानेन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *