मलेसियामा एउटै कम्पनीमा काम गर्ने २५ जना नेपालीमा देखियो कोरोना

डिसी नेपाल
२६ वैशाख २०७७ १५:५१

क्वलालम्पुर। मलेसियामा एकैदिन थप २५ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । मलेसियाको नेगेरी सेम्बिलान राज्यको राम्बाउमा अवस्थित एउटै कम्पनीमा काम गर्ने २५ जना नेपालीमा कोरोना भाइरसको पुष्टि भएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्याक्ट्रिमा काम गर्ने एक जना कामदारलाई ज्वरो, खोकि, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएपछि चेकजाँचको लागि अस्पताल पुर्याइएको थियो । ती व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि सोही ठाउँमा कार्यररत अन्य कामदारको पनि कोरोना परिक्षण गरिएको थियो ।

परिक्षण गर्दा २५ जना नेपाली सहित १८ बंगलादेशी, ८ ईन्डोनेसियन र २ म्यानमारका कामदारमा कोरोनाको संक्रमण देखिएको हो ।

शुक्रवार २५ नयाँ केस थपिएसँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ४३ पुगेको छ । बिहीवार मात्रै मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डहरूलाई एकैदिन कोरोना पोजेटिभ देखिएको थियोक्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार संक्रमित मध्ये ३ जना उपचारपछि निको भएका छन् ।

मलेसियामा हालसम्म ६ हजार ५ सय ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८ सय ६४ जनाले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।

यसअघि समचारमा कुल संक्रमित नेपालीको संख्या ४३ हुनु पर्नेमा ४५ भएकोमा सच्चाइएको छ – सम्पादक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *