आजबाट बैंकका सबै शाखा खुल्ला
काठमाडौं। सरकारले लकडाउन खुकुल बनाएसँगै आजबाट बैंक तथा वित्तीय संस्थाका सबै संचालनमा आउने भएका छन्। संस्थाहरुलाई एक तिहाइ मात्र कर्मचारी परिचालन सेवा संचालन गर्न निर्देशन दिइएको छ।
यसअघि आंशिक मात्र सेवा दिदै आएका बैंक तथा वित्तीय संस्थाले आईतबारबाट सबै शाखा खोलेर सेवा सुरु गर्दैछन्। नेपाल राष्ट्र बैंकले पनि सूचना जारी गर्दै कुल कर्मचारीको एक तिहाई कर्मचारी र कुल सवारीको एक चौथाइ सवारी परिचालन गरी सेवा प्रदान गर्न निर्देशन दिएको हो।
सेवा प्रदान गर्दा मास्क, स्यानिटाइजर, पञ्जा लगायत सुरक्षाका उपकरण प्रयोग गर्नुपर्ने र सेवाग्राहीको पनि थर्मल गनमार्फन ज्वरो नाप्ने र अन्य सुरक्षात्मक उपाय अपनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकका शाखासँगै सहकारी संस्थाको पनि सेवा आजैबाट सुरु हुनेछ।
सरकारले बैंक तथा वित्तीय संस्था संचालन गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय जान र फर्किनका लागि सवारीको टाइम कार्ड लागू गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय जान ९ देखि १० बजेसम्म र फर्किनका लागि ३ देखि ५ बजेसम्मको समय तोकिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment