डेढ वर्ष पहिले केन्याबाट अपहरणमा परेकी इटालियन नागरिकको उद्धार
इटाली।डेढ अगाडि अफ्रिकि मुलुक केन्याबाट अपहरणमा परेकी इटालियन नागरिक सिल्भिया रोमानोलाई आइतबार सकुशल इटाली ल्याइएको छ।
विशेष इन्टेलिजेन्स आर्मी फोर्सको अपरेसनबाट सिल्भिया लाई छुटाएर शनिवार इटालियन दूतावास मातहतमा राखि आइतबार इटालियन स्पेसल विमान चार्टर गरि इटाली ल्याइएको हो।
उनलाई रोम शहरको विमानस्थलमा स्वागतका लागि इटालिका प्रधानमन्त्री जुजेप्पे कन्टे र इटालिका परराष्ट्रमन्त्री लुइजी दि माइयो पनि गएका थिए ।
सिल्भिया बिमान्स्थलमा आइसकेपछी परराष्ट्रमन्त्री लुइजी दि माइयोले संचारमाध्यमहरुसँग कुरा गर्दै इटालियन सरकारले आफ्नो नागरिकलाई कहिले पनि एक्लो नछाड्ने बताए ।
उनी अफ्रिकामा स्वयंसेविकाको काम गर्दै गर्दा अपहरणमा परेकी थिइन् । उनलाई आतंककारी जेहादी अल शाबाबले केन्याबाट सोमालियामा लगेर लुकाएर राखेका थिए।
इटालियन पत्रपत्रिकाले सिल्भियाले मुस्लिम धर्म परिवर्तन गरि आफुखुसी जीवन बिताइरहेकी र कतिले उनको मृत्यु भैसकेको भन्ने खालका भ्रामक समाचार पनि प्रकाशित गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment